Skip to content

दराज नेपालद्वारा ‘नव वर्ष उत्सव’ २०८२ को घोषण, ७० प्रतिशतसम्म छुटका साथै आकर्षक अफरहरू

nabil bank

काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित ४.४, नव वर्ष उत्सवको घोषणा गरेको छ । ७० प्रतिशतसम्म छुटसहितको आश्चर्यजनक फ्ल्याश सेल, १ करोड रुपैयाँबराबरको भौचर तथा निःशुल्क डेलिभरी सुविधा सहित, ४.४ सेल अप्रिल ४ (चैत २२, २०८१) बाट सुरु भई अप्रिल १३ (चैत ३१, २०८१) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । सेलले नेपाली ग्राहकहरूलाई रोमाञ्चक किनमेलको नयाँ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

उत्सव अवधिभर, ग्राहकहरूले हरेक दिन फ्ल्यास सेलमार्फत विभिन्न क्याटेगरी तथा सेटाफिल, मसलब्लेज, एईवीबी, ह्रोटो, माइक्रोलाइफ, एक्स—एज, ब्ल्याकशार्कलगायत साझेदार ब्रान्डहरूमार्फत ७० प्रतिशतसम्मको छुटमा उत्पादनहरू किन्न पाउने छन् ।

सीमित अवधिका लागि मात्र उपलब्ध हुने यी अफरहरू हरेक दिन अपडेट गरिने भएकाले ग्राहकहरूलाई दराज एपको फ्ल्याश सेल सेक्सन विशेष रूपमा नियाल्दै मौकाको फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।

४.४ सेल अवधिभर डिजिटल पूर्वभुक्तानीमा दराजले उपभोक्ताहरुका लागि ७ सय ५० रुपैयाँसम्मको छुट सुविा उपलब्ध गराउने छ । यसका लागि दराजले नबिल बैंक, हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, तथा गरिमा विकास बैंक गरी ९ वटा बैंकहरूसँग सहकार्य गरेको छ ।

किनमेलका लागि यी बैंकहरूको क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले अधिकतम १५ प्रतिशत (रु. ७५० सम्म) छुट पनि प्राप्त गर्न सकिनेछ । त्यसैगरी, डेबिट कार्ड प्रयोग गर्नुहुने ग्राहकहरूले १० प्रतिशत (रु. ५०० सम्म) छुट प्राप्त गर्न सक्नुहुनेछ । यसैगरी, ग्राहकहरूका लागि रु. ४४ हजार ४ सय४४ रुपैयाँ र ४ हजार ४ सय ४४ रुपैयाँको आकर्षक डिलहरू पनि उपलब्ध हुने दराजले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

साथै, ९९ रुपैयाँ, ३ सय ९९ रुपैयाँ, ९ सय ९९ सय रूपैयाँ र १ हजार ९ सय ९९ को छुट श्रेणीमा पनि विभिन्न उत्पादनहरू खरिद गर्न पाउने छन् । ४.४ नव वर्ष उत्सवको अवधि भर, कम्तीमा ५ हजार रुपैयाँ बराबरको किनमेल गर्ने एक भाग्यशाली ग्राहकले २९ हजार ९ सय ९९ बराबरको वानप्लस नर्ड सीईएस लाइट जित्ने अवसर पाउनुहुनेछ । त्यस्त गरी, चारजना भाग्यशाली ग्राहकहरूले १० हजार ३०० रुपैयाँ बराबरको यासुदा पर्सनल एयर कुलर जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

४.४ नव वर्ष उत्सवका अवसरमा ‘एड टु कार्ट एण्ड विन’ योजनाअन्तर्गत सेटाफिल, याजी, जीसीजी आइवेयर र उकुलेलेका ५ हजार रुपैयाँ बराबरका गिफ्ट ह्याम्परहरू तीनजना भाग्यशाली ग्राहकहरूले जित्नु हुनेछन् भने, एकजना ग्राहकले १२ हजार रुपैयाँबराबरको ग्लेन एयर फ्रायर प्राप्त गर्नेछ ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले चैत १७ देखि चैत २१ (मार्च ३०– अप्रिल ३) भित्र १० हजार रुपैयाँ बराबरका सामानहरू कार्टमा राख्नुपर्नेछ । त्यस्तै, १ लाख रुपैयाँभन्दा बढीको किनमेल गर्ने ग्राहकहरूले  १० हजार रुपैयाँसम्मको विशेष छुट भौचर प्राप्त गर्न सकिने जनाएको छ । यो अवसर अप्रिल ४ को मध्यरातदेखि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

दराज नेपालको ४.४ सेलबारे थप जानकारीका लागि www.daraz.com.np भ्रमण गर्नुहोस्, दराज नेपालको फेसबुक पेज हेर्नुहोस्, वा दराज एप ब्राउज गर्नुहोस्।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi