Skip to content

नेपाल–भारत सीमा क्षेत्र खैरानीघाटसम्म सडक बन्यो

nabil bank

बैतडी । यहाँको शिवनाथ गाउँपालिका–२ को महाकाली नदी किनारसँग जोडिएको नेपाल–भारत सीमा क्षेत्र खैरानीघाटसम्म सडक निर्माण गरिएको छ ।

गाउँपालिकाको केन्द्र सुल्लेखानदेखि महाकाली नदी किनार खैरानीघाटसम्म कच्ची सडक निर्माण गरिएको हो । शिवनाथ गाउँपालिका र सुदूरपश्चिम प्रदेश सरकारको संयुक्त लगानीमा सडक निर्माण गरिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए । गाउँपालिका र प्रदेश सरकारको ८० लाख रुपैयाँभन्दा बढीको लगानीमा करिब १६ किलोमिटर सडक निर्माण गरिएको उनले बताए ।

अध्यक्ष साउदले भने, ‘स्थानीयको माग र आवश्यकताका आधारमा तीन वर्षदेखि निर्माण सुरु गरिएको सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । सडक निर्माणले नदीजन्य सामग्री ल्याउन र ग्रामीण क्षेत्रका कृषिउपजलाई बजारमा पु¥याउन सहज भएको छ ।’

सडक बनेपछि खैरानीघाटदेखि गाउँपालिका केन्द्रसम्म पुग्न सहज भएको छ । गाउँपालिकाको खाल, बस्कोटी, शर्मालीलगायत गाउँ यो सडक सञ्जालमा जोडिएका छन्

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime