काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले विद्यमान १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरका दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद निष्कासन गरेको हो ।
सेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत फागुन १५ गते बुक क्लोज गरेको थियो । यसर्थ फागुन १४ गतेसम्म कायम सेयरधनीहरूले मात्रै हकप्रद खरीद गर्न सक्नेछन् ।
यो हकप्रद सेयरमा आगामी वैशाख ८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्