Skip to content

काठमाडौंमा शिक्षकको प्रदर्शन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

nabil bank

काठमाडौं । शिक्षकहरूको प्रदर्शनका कारण काठमाडौंको मुख्य क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । शिक्षकहरूको आन्दोलनका कारण नयाँ बानेश्वरदेखि माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, सिंहदरबारलगायत क्षेत्रको ट्राफिक व्यवस्थापनमा समस्या भएको हो ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबार काठमाडौंमा र्यालीसहित प्रदर्शन गरिरहेका छन् । शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको र्याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत भएको छ ।

ट्राफिक जामका कारण यात्रामा निस्केकाहरु समयमा तोकिएको ठाउँमा पुग्न समस्या भइरहेको छ । बानेश्वर माइतीघरको प्रभाव अन्य क्षेत्रमा पनि परेकाले यातायात व्यवस्थापनमा समस्या भएको ट्राफिक प्रहरीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime