Skip to content

प्रि ओपन सेसनमा करिब १७ अंकले बढ्यो नेप्से

nabil bank

काठमाडौं । बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १७ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १६ दशमलव ९५ अंकले बढेको हो ।

आजको प्रि ओपन सेसन पछि नेप्से परिसूचक २६९३ दशमलव १२ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने २३ कम्पनीको घटेको छ । त्यस्तै आज यो सेसनमा २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ६९ अंकले बढेर ४५० दशमलव ६९ विन्दुमा पुगेको छ ।

आजको प्रि ओपन सेसनमा ५८ कम्पनीका ५ हजार ८१५ कित्ता सेयर ८४ पटक खरिद बिक्री हुँदा ३४ लाख ७६ हजार ७२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime