Skip to content

साताको सेयर : साढे १ प्रतिशतले बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो ? कति घट्यो ?

nabil bank

काठमाडौं । यस साता नेप्से परिसूचक साढे १ प्रतिशत बढेर बन्द भएको छ । गत साता २६६३ दशमलव ३० विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता १.५१ प्रतिशत अर्थात ४० दशमलव ०९ अंक बढेर २७०३ दशमलव ३९ विन्दुमा पुगेको हो ।

यो साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेर बन्द भएको थियो । यस साता सेन्सेटिभ इण्डेक्स ३ दशमलव ७९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १ दशमलव ८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव ७८ अंक बढेको छ ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा ५ अर्ब ८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ६ अर्ब ६६ करोडको शेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३१.११ प्रतिशत बढेको हो । यस साता दैनिक औषत शेयर संख्या २५.०२ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ७.७८ प्रतिशत बढेको छ ।

यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि साढे १ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब २२ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ६६ अर्ब रुपैयाँ बढेर ४४ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ । यस साता १३ वटा उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ११.४३ प्रतिशत बढेको छ । गत साता ४३०४ दशमलव ५५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४९१ दशमलव ८३ अंक बढेर ४७९६ दशमलव ३८ विन्दुमा पुगेको छ । यस साता लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य उपसमूहको परिसूचक साढे २ प्रतिशत बढेको छ ।

कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.४० प्रतिशत घटेको छ। गत साता ७२०५ दशमलव २८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १७२ दशमलव ९९ अंक घटेर ७०३२ दशमलव २९ विन्दुमा झरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime