काठमाडौं । यो साता सुनको मूल्यले नेपाली बजारमा नयाँ किर्तीमान कायम गरेर कारोबार भयो । सातामा रेकर्ड माथि रेकर्ड बनाएको सुनको मूल्य साताको पहिलो दिनको भन्दा अन्तिम दिनमा आइपुग्दा भने ४०० रुपैयाँले घटेको हो ।
यो साताको बिहीबार अर्थात चैत २१ गते छापावाल सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो । सो दिन नेपाली बजारमा सुन प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकामा आयात हुने वस्तुमा आयात कर लगाएसँगै अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भई नेपाली बजारमा पनि त्यसको असर परेको विश्लेषकहरुको भनाइ छ ।
बिहीबार एैतिहासक उचाईमा पुगेको सुनको मूल्यमा शुक्रबार भने भारि गिरावट भएको छ । सो दिन सुन तोलामा ३ हजार ९०० रुपैयाँ घटेर १ लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा शुक्रबारको मूल्य ४०० रुपैयाँ कम हो । यो साताको पहिलो दिन आइतबार १ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन साताको अन्तिम दिन शुक्रबार १ लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
सोमबार नेपाली बजारमा सुनको मूल्इ १ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलबार १ लाख ७९ हजार ७०० रुपैयाँ र बुधबार १ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस साता चाँदीको मूल्य पनि केही घटेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला २ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रतितोला १ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्