काठमाडौं । अदालतको आदेश पछि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई (आज) शनिबार भैरहवा लगिदैछ । उनललाई आज यति एयरलाइन्स पहिलो उडानमार्फत भैरहवा लगिने भएको हो ।
शुक्रबार बुढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ परेका लामिछानेलाई गएराति भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको थियो । उनलाई त्रिभुवन विमास्थल पुर्याई सकिएको छ । आज र भोलि सार्वजनिक विदा छ । त्यस कारणले सोमबारसम्म रवि जिल्ला प्रहरी कार्यालयको हिरासतमा बस्नुपर्ने छ ।
शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सुप्रिम सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले सो आदेश दिएको हो ।
प्रतिक्रिया दिनुहोस्