काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो कारोबार दिन पनि घटेको सुन चाँदीको मूल्य आज पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ९०० रुपैयाँ र चाँदी तोलाको ७० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज सुन तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा ७० रुपैयाँले घटेर प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी तोलाको १ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया दिनुहोस्