Skip to content
Prabhu

सुनको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिन पनि घटेको सुनको मूल्य आज तोलामा ७०० रुपैयाँले घटेर तोलाको १ लाख ७३ हजार ८०० रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । गत साता किर्तीमान कायम गरेको सुन यो सातामा लगातार रुपमा दुई दिन घटेको हो ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ८०० रुपैयाँ रहेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal