काठमाडौं । नयाँ वर्ष २०८२ को स्वागत गर्दै, सीजीले आफ्नो लेभल अप! क्याम्पेन अन्तर्गत नयाँ वर्ष ग्राहक योजना ‘लेभल अप! विथ सीजी लाइफ हुन्छ इजी’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो विशेष योजना २०७८ चैत २२ गतेदेखि लागू गरिएको छ र ग्राहकहरूले सीजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनहरूको खरिदमा विभिन्न लाभहरू प्राप्त गर्न सक्नेछन् ।
क्यासब्याकः रु ६१,८०० सम्म,
पक्का उपहारहरू : २.१ स्पिकरः सीजी मेरिडिया गुगल टीभी (६५–१०० इन्च) को खरिदमा ।
२ केजी एरियल पाउडर : सेमी–अटोमेटिक र टप–लोड वासिङ मेसिनको खरिदमा। ६ केजी एरियल पाउडरः फ्रन्ट–लोड वासिङ मेसिनको खरिदमा ।
मिक्सर ग्राइन्डर : साइड–बाई–साइड र मल्टि–डोर रेफ्रिजेरेटरको खरिदमा।
डिशवाशर किटः डिशवाशरको खरिदमा।
निःशुल्क इन्स्टलेसन सेवाः एयर कन्डिसनरको खरिदमा पाउन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको अनुसार यो योजना अभियान सीजी डिजिटलका आउटलेटहरू र देशभरका च्यानल पार्टनरहरू मार्फत सफलतापूर्वक कार्यान्वयन गरिएको छ। नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा, सीजी ले आधुनिक प्रविधि र नवीनता भित्र्याउने अभियानमा निरन्तर अग्रसर छ ।
लामो समय देखि सीजीले उत्कृष्ट बिक्रीपछिको सेवा, उच्च ग्राहक सन्तुष्टि र विश्वस्तरीय प्रविधिद्वारा ग्राहकहरूको मन जित्दै आएको छ । देशभरका प्रमुख सहरहरूमा सेवा केन्द्रहरू स्थापना गरी, सीजीले आफ्ना ग्राहकहरूलाई निरन्तर सहयोग प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्