ललितपुर । पहिलो क्योकुसिनर्यु राष्ट्रिय च्याम्पियनसिपमा साहिर श्रेष्ठ, यमुना सिंजाली र सुचिता राना मगर विजेता बनेका छन् ।
श्रेष्ठ पुरुष खुला, सिंजाली महिला खुला र राना काता ओपन समूहमा पहिलो भएका अन्तर्राष्ट्रिय कराते एलायन्स क्योकुसिनर्यु नेपाल (आईकेएके नेपाल)का अध्यक्ष ऋतुबर्तन राईले बताए । यही संस्थाले उक्त प्रतियोगिता शनिबार ललितपुर लोहा चोकस्थित एसजीपीए भवनमा आयोजना गरेको हो । त्यसमा देशभरिबाट विभिन्न डोजोका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
विजेतालाई मेडल, ट्रफी र नगद पुरस्कार प्रदान गरिएको थियो । नगद पुरस्कारले प्रतियोगितामा सहभागी सबै खेलाडीको मनोबल बढाएको विश्वास लिएको अध्यक्ष राईको भनाइ छ । ‘आगामी दिन अझ व्यवस्थित र ठूलो स्तरमा प्रतियोगिता आयोजना गर्नेछौं’, उनले भने ।






प्रतिक्रिया दिनुहोस्