Skip to content
Prabhu

क्यान्सरपीडितको उपचारमा मर्क्यूर काठमाडौँको सहयोग

काठमाडौँ । क्यान्सरपीडित विपन्न नागरिकको उपचारका लागि सहयोग गर्दै आएको क्यान्सर केयर नेपाललाई सुकेधारास्थित पाँचतारे होटल मर्क्यूर काठमाडौँले आर्थिक सहयोग गरेको छ ।
global
अर्घाखाँची सिमेन्ट
सोमबार यहाँ आयोजित एक कार्यक्रममा संस्थाका मानार्थ अध्यक्ष अभिनेत्री मनिषा कोइरालालाई मर्क्यूरका सञ्चालक देशबन्धु बस्नेतले सहयोगस्वरुप रु पाँच लाखको चेक हस्तान्तरण गरिन् ।
अभिनेत्री कोइरालाले सहयोगका लागि धन्यवाद दिँदै क्यान्सरपीडितका लागि उक्त सहयोग उपलब्धिमूलक र महत्त्वपूर्ण हुने बताइन। उनले संस्था र होटलबीच दीर्घकालीन सहकार्यको पनि अपेक्षा राखिएको धारणा राखिन् ।
“यस संस्थाले लामो समयदेखि क्यान्सरपीडित भई आर्थिक रूपले कमजोर भएकाहरूलाई उपचारका क्षेत्रमा सहयोग गर्दै आएको छ”, अभिनेत्री कोइरालाले भनिन्, “होटल मक्र्योर काठमाडौँले गरेको यो सहयोगले आगामी दिनमा क्यान्सरविरुद्धको लडाइँमा उहाँहरूलाई सहयोग र हौसला पुगेको छ ।”
सञ्चालक बस्नेतले अन्तरराष्ट्रिय क्यान्सर अस्पताल बनाउन खरिद गरिएको जग्गामा अहिले होटल स्थापना भएको बताउँदै क्यान्सरपीडितका लागि सहयोग गर्न पाउँदा आफू उत्साहित भएको उल्लेख गरे ।
बस्नेतले  भने, “अन्तरराष्ट्रियस्तरको क्यान्सर अस्पताल निर्माण गर्ने उद्देश्यले जग्गा खरिद गरिएको थियो, तर विभिन्न कारणले अस्पताल निर्माण हुन सकेन, आज होटल सुरु भएपछि क्यान्सरपीडितको उपचारमा सहयोग गर्न पाउँदा खुसी लागेको छ ।” उनले आगामी दिनमा पनि क्यान्सरपीडितको सहयोगका लागि संस्थासँग सहकार्य गर्ने बताए  ।
क्यान्सर केयर नेपालका अध्यक्ष डा मदनकुमार पियाले लामो समयदेखि आर्थिक रूपमा उपचार गर्न नसक्ने क्यान्सरपीडितका लागि संस्थामार्फत निःशुल्क उपचारमा सहयोग गर्दै आएको बताए । “आर्थिक रूपमा कमजोर भएकाहरू जसले क्यान्सरको उपचार गर्न सक्दैनन्, वा उपचारलाई बीचमै छाड्न बाध्य हुन्छन्, उहाँहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले काम गरिरहेको छ”, उनले भने ।
विसं २०६५ मा स्थापना भएको क्यान्सर केयर नेपाल क्यान्सरपीडितको उपचारका साथै आमनागरिकमा क्यानसका साथै जनस्वास्थ्यका बारमा जनचेतना फैलाउँदै आएको छ ।
जाकियाको शुभारम्भ
सोही अवसरमा अभिनेत्री मनिषा कोइरालाले होटलमा भारतीय भोजनालय जाकियाको शुभारम्भ गरिन् । भारतीय पाककलाको संस्कृति नेपालमा भित्र्याउने उद्देश्यले जाकिया रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको होटलका महाप्रबन्धक विजय नम्मारन एसले बताए ।
“भारतीय भोजनप्रेमी, नयाँ स्वाद मन पराउने तथा विशेष किसिमका परिकारमा रुचि राख्नेलाई लक्षित गरी जाकिया सञ्चालनमा ल्याइएको हो, रेष्टुरेन्टमा मुर्ग शहजहानी, नल्ली निहारील र कसुन्दी झिन्गालगायत परिकार विशेष छन्”, उनले भने ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal