काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । चैत २१ गतेदेखि निष्कासन गरिरहेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने (आज) चैत २६ गते अन्तिम दिन रहेको छ ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले जम्मा ५१ हजार २९२.५ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । लगानीकर्ताले यसमा आवेदन दिँदा घटीमा १० कित्ताका लागि र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
प्रतिक्रिया दिनुहोस्