काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ । अघिल्लो दिन पनि घटेको सुनको मूल्य आज तोलामा ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्