काठमाडौं । मंगलबार नेपला माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार खुलेको पहिलो २० मिनेटमा नै यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यो कम्पनीको सेयर आजदेखि नै कारोबारमा आएको हो । यो कम्पनकिो सेयर मूल्य ३० रुपैयाँ २० पैसाले बढेर ३३२ रुपैयाँ ५० पैसा पुगेको छ । यो स्पेशल प्रि ओपन सेसनमा भएको कारोबार भन्दा ९.९९ प्रतिशतले धेरै हो । यो अवस्थामा समग्र बजार भने १४ दशमलव ९० अंकले घटेर २६५५ दशमलव १६ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ४३ करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्