काटमाडौं । चालु आर्थिक वर्षको ८ महिनासम्मको अवधिमा चालु खाता १ खर्ब ८० अर्ब बढीले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको फागुन मसान्तसम्मको अवधिमा १ खर्ब ८० अर्ब ८ करोड रुपैयाँले चालु खाता बचतमा रहेको हो ।
केन्द्रीय बैंकको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१६७ अर्ब ४५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ३३ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.६ अर्ब ४१ करोड रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.३ अर्ब ८९ करोड रहेको थियो। यसैगरी, समीक्षा अवधिमा रु.८ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) रु.५ अर्ब ६३ करोड रहेको थियो।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.३१० अर्ब ३७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.३२७ अर्ब ५५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २९ करोडले बचतमा रहेको छ ।






प्रतिक्रिया दिनुहोस्