Skip to content
Prabhu

सीजीका साना घरायसी उपकरणको खरिदमा थाइल्यान्ड घुम्ने अवसर

nabil

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा इलेक्ट्रोनिक्स ब्रान्ड सीजी एसडीएले ‘लेभल अप ! विथ सीजी, लाइफ हुन्छ इजी’ नामक उपभोक्ता योजना घोषणा गरेको छ। साना घरायसी उपकरण प्रबर्द्धन गर्न लक्षित यो अभियानले ग्राहकहरूलाई पुरस्कार जित्ने अवसर प्रदान गर्ने छ।

उक्त कम्पनीका अनुसार, यो योजना २२ चैतदेखि लागू गरिएको छ। योजनामा सहभागी हुन ग्राहकहरूले सीजी एसडीए उत्पादनहरू खरिद गरी क्युआर कोड स्क्यान गरेर आवश्यक विवरण भर्नुपर्ने छ।

global
अर्घाखाँची सिमेन्ट

साप्ताहिक पुरस्कारहरूमा ग्राहकहरूले अभियान अवधिभर हरेक साता आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्। त्यस्तै बम्पर पुरस्कारका रूपमा अभियानको अन्त्यमा, सहभागीहरूले थाइल्याण्ड भ्रमण र सीजी मेघौली सेराईको विलासी यात्रा जित्ने अवसर पाउनेछन्।

यो योजना सीजी डिजिटलका आउटलेटहरू र देशभरका च्यानल पार्टनरहरू मार्फत सफलतापूर्वक कार्यान्वयन गरिएको छ। सीजी, नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा, सधैं उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै ग्राहकहरूको विश्वास जित्न सफल रहँदै आएको छ।

आधुनिक प्रविधि र नवीनता भित्र्याउने अभियानमा निरन्तर अग्रसर रहँदै, यो योजना नयाँ वर्षलाई विशेष र उत्साहजनक बनाउन तयार गरिएको कम्पनीले जनाएकाे छ।
नयाँ वर्ष २०८२ को स्वागतलाई थप उल्लासमय बनाउँदै, ‘Level Up! with CG Life Huncha Easy’ उपभोक्ता योजना सीजीको प्रतिबद्धता र ग्राहक–केन्द्रित दृष्टिकोणको रहेकाे जनाएकाे छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal