काठमाडौं । बिहीबारको सेयर कारोबार जारी रहँदा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । आज दोस्रो बजारमा कारोबार खुलेको यो कम्पनीको सेयर मूल्य पहिलो २० मिनेट भित्रै सर्किट लागेर कारोबार बन्द भएको हो ।
यो कम्पनीको सेयर मूल्य ३० रुपैयाँ २० पैसाले बढेर ३३२ रुपैयाँ ७० पैसा पुगेको छ । यो प्रि ओपन सेसनमा भएको कारोबार भन्दा ९.९८ प्रतिशतले धेरै हो । यस अघि नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।
यो समाचार तयार पार्दासम्म समग्र सेयर बजार परिसूचक पनि ८ दशमलव ७२ अ.कले बढेर २६८५ दशमलव ०१ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ९० करोड माथिको कारोबार भएको छ ।






प्रतिक्रिया दिनुहोस्