Skip to content

‘निजी क्षेत्रको सहभागिता र सक्रियताबाट मात्र आर्थिक विकास सम्भव’

nabil bank
sf7df8f}F,@* r}tM dGqL 8f /f0ff k//fi6« dGqL 8f cf/h' /f0ff b]pjf laxLaf/ g]kfn pBf]u jfl0fHo dxf;‹sf] %(cf}F jflif{s ;fwf/0f;ef Pj+ pBf]u jfl0fHo lbj;–@)*! sfo{qmdnfO{ ;Daf]wg ug{'x'Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आर्थिक विकास र प्रगतिको आकाङ्क्षा निजी क्षेत्रको सहभागिता र सक्रियताबाट मात्र सम्भव भएको बताएकी छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५९औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस २०८१ लाई आज सम्बोधन गर्दै उहाँले स्रोतको अभावको बाबजुद पनि आर्थिक विकासको जनआकाङ्क्षा पूरा गर्न वर्तमान सरकार ठूला पूर्वाधार निर्माण र स्तरोन्नतिमा केन्द्रित भएको बताइन्।

‘आर्थिक विकास र समृद्धिको बाधकका रूपमा देखिएको राजनीतिक अस्थिरतालाई चिर्न वर्तमान सरकार गठन भएको हो’, मन्त्री राणाले भनिन् । उनले सरकार गठनपश्चात निजी क्षेत्रलाई सहजीकरण गर्न विभिन्न नीतिगत तथा कानुनी जटिलता फुकाइएको उल्लेख गरिन् ।

आर्थिक नीतिको सुधार एवं प्रगतिलाई तीव्र बनाउन वर्तमान सरकार अत्यन्तै संवदेनशील भएर अघि बढिरहेको जानकारी दिँदै परराष्ट्रमन्त्रीले निजी क्षेत्रलाई समृद्धिको यात्रामा प्रोत्साहित गरिरहेको स्पष्ट पारिन् । उनले मुलुक राजनीतिक स्थिरतासँगै आर्थिक विकासको बाटोमा अघि बढिरहेका बेला अस्थिरताको वातावरण कसैले पनि बनाउन नहुनेमा जोड दिइन्।

पछिल्लो समय वैदेशिक सहायता केही कमी भएकामा निरुत्साहित हुन जरुरी नरहेको औँल्याउँदै उनले आन्तरिक तथा बाह्य लगानीका लागि उपयुक्त वातावरण बनाएर जानसक्नुपर्ने धारणा राखिन्। ‘यो सरकार बनेदेखि नै आर्थिक समृद्धिका बाधक ऐन, कानुन परिमार्जन गर्ने प्रक्रिया अघि बढेको छ’, उनले भने, ‘‘असल शासन र निजी क्षेत्रले काम गर्ने वातावरण बनेन भने मुलुकले समृद्धि हासिल गर्न सक्दैन, तसर्थ राजनीतिक दल, कर्मचारी र निजी क्षेत्र मिलेर काम गर्नुपर्छ ।’

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका उद्यमी व्यवसायीलाई सम्मान गरेका थिए। कार्यक्रममा गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, उच्चपदस्थ सरकारी कर्मचारी, निजी क्षेत्रका विभिन्न सङ्घ संस्थाका प्रमुखलगायत सहभागी थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime