काठमाडौं । बिहीबार पनि नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अघिल्ला दुई दिन पनि सकारात्मक सर्किट लागेको यो कम्पनीको सेयर मूल्यमा आज पनि सर्किट लागेको हो ।
आज यो कम्पनीको सेयर मूल्य ३६ रुपैयाँ ५० पैसाले बढेर ४०२ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९८ प्रतिशतले धेरै हो । कारोबार खुलेको पहिलो दिन देखिनै यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागिरहेको छ ।
यो समाचार तयारपार्दासम्म समग्र सेयर बजार परिसूचक पनि ८ दशमलव ९० अंकले बढेर २६८५ दशमलव १८ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ७९ करोड माथिको कारोबार भएको छ ।






प्रतिक्रिया दिनुहोस्