Skip to content

नेप्से परिसूचक ५.५७ अंकले घट्यो, कारोबार रकममा भने सुधार

nabil bank

काठमाडौं । बिहीबार सेयर बजार परिसूचक ५ अंकले घटेर बन्द भएको छ । साताको कारोबार हुने अन्तिम दिन बिहीबार सेयर बजार ५ दशमलव ५७ अंकले घटेर २६७० दशमलव ७० विन्दुमा पुगेको हो ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज एक कम्पनकिो सेयर मूल्य स्थिर रहेको छ । बिहीबार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव १९ अंकले बढेर ४४६ दशमलव ०३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ४ उपसूचकको सेयर मूल्य बढेको छ भने बाँकी १० वटाको घटेको छ ।

नेप्से घटे पनि कारोबार रकममा भने सुधार आएको छ । आज सेयर बजारमा ५ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३२१ कम्पनीका १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता सेयर ४९ हजार ६३२ पटक खरिद बिक्री हुँदा ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार २५० रुपैयाँ बराबरको कारोबार भएको हो ।

बिहीबार सेयर बजार घट्दा पनि दुई कम्पनीको सेयर मूल्लमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime