Skip to content

सेयर बजार घटेको दिन दुई कम्पनीमा सकारात्मक सर्किट, धेरै मूल्य बढ्ने यी हुन ५ कम्पनी

nabil bank

काठमाडौं । बिहीबार सेयर बजार एकल अंकले घटेर कारोबार बन्द हुँदा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ३६ रुपैयाँ ५० पैसाले बढेर ४०२ रुपैयाँ २० पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ९.९८ प्रतिशतले धेरै हो । त्यस्तै ९.९८ प्रतिशत अर्थात् ३० रुपैयाँ २० पैसाले बढेको क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य प्रतिकित्ता ३३२ रुपैयाँ ७० पैसा पुगेको छ ।

त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा सिन्धु विकास बैंक, विन नेपाल लघुवित्त र दिव्यश्वरी हाइड्रोपावर कम्पनी रहेका छन् । आजको कारोबार बन्द हुँदा सिन्धु विकास बैंकको सेयर मूल्य ७.९८ प्रतिशत अर्थात् ८८ रुपैयाँ ७० पैसाले बढेर १ हजार २०० रुपैयाँ ८० पैसा पुगेको छ ।

त्यस्तै विन नेपाल लघुवित्तको सेयर मूल्य २३५ रुपैयाँ ६१ पैसाले बढेर ३ हजार ४७४ रुपैयाँ १२ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.२८ प्रतिशतले बढी हो । बिहीबार दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य पनि आज २२ रुपैयाँ ७३ पैसाले बढेर ४०७ रुपैयाँ ८३ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.९० प्रतिशतले बढी हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime