Skip to content

दुर्गा प्रसाईं पक्राउ, झापाबाट काठमाडौं ल्याइँदै

nabil bank

काठमाडौं ।  तीनकुनेमा गत चैत १५ गते अराजक प्रदर्शन गराएर फरार भएका दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको असाम प्रहरीको सम्पर्कमा बिहीबार पुगेका प्रसाईंलाई शुक्रबार झापा हुँदै काठमाडौं ल्याउन लागिएको छ ।

नेपाल–भारतबीच सुपुर्दर्गी सन्धि नभएका कारण प्रसाईंलाई असाम प्रहरीले नियन्त्रणमा लिएर बिहीबार नेपाली पक्षलाई बुझाउन सकेको थिएन । शुक्रबार भने नेपाल प्रहरीले झापाको नाकाबाट पक्राउ गर्ने गरी वातावरण मिलाइएको हो । उनलाई विमानमार्फत काठमाडौैं ल्याइँदै छ ।

प्रसाईं झापा आइपुगेको र काठमाडौं पठाउने तयारी भएको झापा प्रहरी स्रोतले जानकारी दिएको छ । यही चैत १५ गते तीनकुनेमा आयोजित राजावादी प्रदर्शनका ‘कमान्डर’ थिए, प्रसाईं। प्रदर्शनक्रममा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो। प्रदर्शनकारीले एक निजी घरमा आगजनी गर्दा जलेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime