काठमाडौं । उच्चस्तरीय आर्थिक सुझाव आयोगले निर्माण व्यवसायीहरुको बाँकी रहेको भुक्तानी दिनका लागि सुझाव दिएको छ । आज अर्थमन्त्री पौडेल समक्ष पेस गरिएको प्रतिवेदनमा निर्माण व्यवसायीहरुको भुक्तानी दिन बाँकी सबै रकम भुक्तान गर्न भनिएको हो ।
प्रतिवेदनमा व्यवसायीको बाँकी रहेको रकम भुक्तानी गर्ने र बहुवर्षीय ठेक्का लागेर सिर्जित दायित्व पूरा गरेर बजेट उपलब्ध हुन सक्ने भए मात्रै नयाँ आयोजनाहरु आगामी वर्षको बजेटमा प्रस्ताव गर्न सुझाब दिइएको छ ।
त्यस्तै प्रतिवेदनमा सरकारी प्रतिबद्धताका सबै खालका अनुदान बक्यौता भुक्तानी गर्न पनि सुझाब दिइएको छ ।






प्रतिक्रिया दिनुहोस्