Skip to content
Prabhu

महासंघको निर्वाचनः वरिष्ठको टुंगो छैन वस्तुगततर्फ शिव घिमिरे र
 नरेशलाल श्रेष्ठको शक्ति प्रदर्शन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आउने २०८२ साल चैतमा हुने छ ।

आगामी वर्ष चैतमा हुने निर्वाचनमा विधान संशोधनअनुसार वरिष्ठ उपाध्यक्षको
निर्वाचन अप्रत्यक्ष रूपमा हुने छ । महासंघको कार्यकारिणी सदस्यले चुन्ने वरिष्ठ
 उपाध्यक्षको लागि आधा दर्जन दावेदार भएपनि अन्तिम उम्मेदवार को हुने भन्ने
टुंगो छैन ।

global
अर्घाखाँची सिमेन्ट

विधानअनुसार आगामी वर्षदेखि अहिलेका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ अध्यक्ष
बन्नेछन् । वरिष्ठ उपाध्यक्षका लागि २ वर्ष अगाडि वरिष्ठ उपाध्यक्षको
निर्वाचनमा पराजित पूर्वएसोसिएट उपाध्यक्ष रामचन्द्र संघाई तथा अहिलेका
वस्तुगत उपाध्यक्ष हेमराज ढकाल चर्चामा छन् ।

यसबाहेक पूर्वउपाध्यक्ष दिनेश श्रेष्ठदेखि अहिलेका एसोसिएट उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ तथा कोषाध्यक्ष बनेका भरत आचार्य पनि वरिष्ठ उपाध्यक्ष निर्वाचन लड्न मिल्छ । तर,कार्यकारिणी सदस्यले चुन्ने हुँदा कसको पक्षमा कति सदस्य आउँछन् त्यो आधारमा बरिष्ठ उपाध्यक्षको उम्मेदवारको टुंगो लाग्छ ।

विधानअनुसार आगामी वर्ष जिल्ला नगरमा दुईजना उपाध्यक्ष चुनिनेछन् ।

एसोसिएट उपाध्यक्ष एकजना र वस्तुगत उपाध्यक्ष एकजना चुनिनेछन् ।

वस्तुगत उपाध्यक्ष पदमा भने निर्वाचन आउन एक वर्ष अगाडि अहिलेका
कार्यकार्यरिणी समिति सदस्य शिव घिमिरे र नरेशलाल श्रेष्ठलाई भने निर्वाचन
लागेको छ ।

महासंघको साधारणसभा बिहीबार सकिएपछि शुक्रबार घिमिरे र श्रेष्ठ दुवैले
‘ब्रेकफास्ट मिटिङ’ को नाममा शक्ति प्रदर्शन गरेका छन् ।

घिमिरेले अरन्य बुटिङ होटल तथा नरेशलाल श्रेष्ठले आफ्नो होलिडे
एक्सप्रेसमा ‘ब्रेकफास्ट मिटिङ’ आयोजना गरेका थिए । जसमा घिमिरे र श्रेष्ठ
दुवैले आफू आगामी वर्ष हुने महासंघको निर्वाचनमा वस्तुगततर्फ उपाध्यक्ष
हुने घोषणा गरे ।

घिमिरेले आयोजना गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ खुलेर 
घिमिरेको पक्षमा उभिए । नरेशलाल श्रेष्ठलाई समर्थन गर्ने तयारी गरे पनि
 अहिलेका वस्तुगत उपाध्यक्ष हेमराज ढकाल भने दुवैको कार्यक्रममा उपस्थित थिए ।

वस्तुगततर्फका ६० देखि ७० जनाजति अध्यक्षहरु समय मिलाएर दुईतर्फ उपस्थित थिए । ‘आजदेखि शिवजी र नरेश दुवैलाई वस्तुगत उपाध्यक्षको निर्वाचन लागेको
देखियो, आउने वर्ष निर्वाचनको रौनक पनि बस्तुगतमा हुने देखियो।’

बस्तुगत आगामी वर्ष हुने निर्वाचनमा १ सय ४३ जना सदस्य छन् । नरेशलाल
श्रेष्ठ निर्यात व्यवसायी हुन् । पछिल्लो समय होटल क्षेत्रमा समेत लगानी बढाएका
छन् । घिमिरेको व्यवसाय ग्यास उद्योग हुँदै पछिल्लो समय जलविद्युत्मा
फैलिएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal