काठमाडौं । तीनकुनेको हिंसात्मक घटनापछि फरार भएका दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर आज काठमाडौं ल्याइएको छ । उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत काठमाडौं ल्याइएको हो । उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको छ।
उनलाई केहीबेरअघि काठमाडौं ल्याइएको हो । उनीविरुद्ध ज्यान मार्ने उद्योगसहितमा मुद्दा चलाउने प्रहरी तयारी छ । चैत १५ गते उनको नेतृत्वमा भएको अराजक प्रदर्शनका क्रममा दुईजनाको ज्यान गएको थियो भने कैयौँ घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस्