काठमाडौं । यो साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेर बन्द भएको छ । गत साता २७०३ दशमलव ३९ विन्दुमा बन्द भएको नेप्से, यो साता १.२१ प्रतिशत अर्थात ३२ दशमलव ०९ अंक घटेर २६७० दशमलव ७० विन्दुमा झरेको हो ।
यो साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये १ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेर बन्द भएको थियो । यस साता सेन्सेटिभ इण्डेक्स ४ दशमलव ०५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १ दशमलव ९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव ४३ अंक घटेको छ ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ६ अर्ब ६६ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब २७ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २०.८७ प्रतिशत घटेको हो। यस साता दैनिक औषत शेयर संख्या १९.३० प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २०.३० प्रतिशत घटेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण १ प्रतिशतभन्दा बढी घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ८९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ४९ अर्ब रुपैयाँ घटेर ४४ खर्ब ३९ अर्ब रुपैयाँ झरेको छ। यस साता १३ वटा उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.६१ प्रतिशत बढेको छ। गत साता ७०३२.२९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४२.५९ अंक बढेर ७०७४.८८ विन्दुमा पुगेको छ। त्यस्तै, यस साता म्युचुअल फण्ड र होटल तथा पर्यटन उपसमूहको परिसूचक सामान्य बढेको छ।
यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.९४ प्रतिशत घटेको छ। गत साता ४७९६.३८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १४०.८३ अंक घटेर ४६५५.५५ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १४८.९९ अंक घटेको छ।






प्रतिक्रिया दिनुहोस्