Skip to content
Prabhu

के अझै बढ्छ सुनको मूल्य ?

nabil
एजेन्सी । शुक्रबार सुनको मूल्य प्रतिऔंस ३२ सय अमेरिकी डलर नाघेको छ । जुन इतिहासमै हालसम्मकै उच्च हो । जुन  गत वर्षको तुलनामा २२ प्रतिशतले बढी हो ।
global
अर्घाखाँची सिमेन्ट
शुक्रबार नै यूबीएस र कोमेर्ज बैंकले सुनको मूल्य अझ बढ्ने अनुमान समेत गरेका छन् । यसको कारण, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको व्यापार नीतिलाई मानेका छन् । उनले ल्याएको नीतिका कारण विश्वभर आर्थिक अनिश्चितताका बीच सुरक्षित लगानीका रूपमा सुनमा आकर्षण बढेको मानिएको छ ।
ट्रम्पले विभिन्न देशविरुद्ध लगाएको भन्सार शुल्कले वित्तीय बजारलाई हल्लाएको छ । मुद्रास्फीति र विश्वव्यापी मन्दीको डर बढाएको छ । उनले अधिकांश शुल्कहरू रोकेका भए तापनि चीनमाथिको शुल्क १४५ प्रतिशतसम्म बढाएका छन् । जसको जवाफमा बेइजिङले अमेरिकी वस्तुहरूमा १२५ प्रतिशतसम्म भन्सार शुल्क बढाएको छ ।
“हामी सुनको उकालो यात्रा आगामी वर्षसम्म जारी रहने र मूल्यहरू उच्च स्तरमा स्थिर हुने अपेक्षा गर्छौं,” यूबीएसका विश्लेषकहरूले एक टिप्पणीमा भनेका छन्, जसमा यो वर्ष मूल्य प्रतिऔंस ३५ सय अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।
कोमेर्जबैंकले पनि यो वर्षको अन्त्यसम्मको सुनको मूल्य पूर्वानुमान २,८५० डलरबाट बढाएर ३,००० डलर पु¥याएको छ, सुनमा आधारित एक्सचेन्ज ट्रेडेड फन्डमा रहेको सम्पत्ति मार्च अन्त्यसम्म ३४५.५ अर्ब डलर पुग्ने उल्लेख गरेको  ।
यसै हप्ता, डोइच बैंकले सन् २०२५ र सन् २०२६ का लागि सुनको औसत मूल्य पूर्वानुमान क्रमशः ३,१३९ र ३,७०० डलर प्रतिऔंसमा वृद्धि गरेको छ । यसवर्ष सुनको मूल्य वृद्धिमा केन्द्रीय बैंकहरूको सुन किन्ने प्रवृत्तिले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ । विश्व गोल्ड काउन्सिलका अनुसार, सन् २०२४ मा विश्वका केन्द्रीय बैंकहरूले लगातार तेस्रो वर्ष एक हजार टनभन्दा बढी सुन आफ्नो सञ्चितिमा थपेका छन् ।
प्रमुख सुन उपभोक्ता चीनको सुन सञ्चिति मार्च अन्त्यसम्म ७३.७ मिलियन फाइन ट्रोय औंस पुगेको छ, जुन फेब्रुअरीको अन्त्यमा रहेको ७३.६१ मिलियन औंसभन्दा बढी हो । चीनको केन्द्रीय बैंकले लगातार पाँचौं महिना सुन खरिद गरेको हो ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal