Skip to content
Prabhu

एफवान सफ्ट ग्रुपद्वारा २०२५ बैंकर्स’ मिटअपको आयोजना: नेपालको वित्तीय क्षेत्रलाई बैंकिङ्गको नयाँ युगतर्फ अग्रसर गर्दै

काठमाडौं। बैंकर्सहरुले नेपाली बैंक तथा वित्तीय संस्थाको कारोबार प्रणालीमा डिजिटल माध्यमको प्रयोगलाई अझ परिष्कृत बनाउँदै लैजाने भएका छन्। एफवान सफ्ट ग्रुप अन्तर्गतका एफवान सफ्ट इन्टरनेशनल, फोनपे र ईसेवासँगको योजनागत साझेदारीमा ललितपुरको द प्लाजामा शुक्रबार आयोजित बैंकर्स मिटअप-२०२५ मा यस्तो बताएका हुन्।

कार्यक्रममा नेपालका प्रमुख बैंक र वित्तीय संस्थाका सीइओ र सञ्चालकहरुले डिजिटल भुक्तानी क्षेत्रमा नवीनतम प्रविधि र सेवाहरू बढाउदै भविष्यमा अख्तियार गर्नुपर्ने रणनीतिका विषयमा छलफल गर्दै नयाँ प्रविधिको अधिकतम प्रयोगमा जोड दिए।

global
अर्घाखाँची सिमेन्ट

नेपाली वित्तीय क्षेत्रमा करिब एक दशकदेखि प्रतिष्ठित कार्यक्रमका रूपमा रहेको बैंकर्स मिटअपले रणनीतिक साझेदारी, सहकार्यको संस्कृति र मुलुकको बैंकिङ क्षेत्रको आगामी अध्याय निर्माण गर्ने मञ्च प्रदान गरेको एफवान सफ्टले जनाएको छ।

यस वर्षको कार्यक्रम डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ता डेटा र ओपन बैंकिङ इकोसिस्ट ‘डिजिटल ट्रान्सफर्मेसन, एआइ, डाटा एण्ड ओपन बैंकिङ इकोसिस्टम’ को प्रभावमा केन्द्रित थियो। प्रविधिको तीव्रत्तर विकास र प्रयोगले वित्तीय सेवाहरूको परिभाषा नै नयाँ भएको छ। कार्यक्रमको मुख्य आकर्षणका रूपमा एफवान सफ्ट इन्टरनेशनल, फोनपे र ईसेवाद्वारा गरिएका नयाँ र विशेष फिनटेक नवप्रवर्तनहरूको सार्वजनिक घोषणा थियो, जहाँ हरेक समाधान ‘बैंकिङ टुमरो एण्ड बियोन्ड’ शीर्षकसँग मेल खाने गरी प्रस्तुत गरिएको थियो।

एफवान सफ्टद्वारा जारी विज्ञप्तिअनुसार कार्यक्रममा फोनपेले ओपन बैंकिङ र ब्लकचेन प्रविधिमार्फत सक्षम खाता संकलक (एकाउन्ट एग्रीगेटर) को नयाँ अवधारणा प्रस्तुत गरिएको थियो। यो प्रविधिले बैंकहरूलाई डिजिटल रूपमा सशक्त ग्राहकहरूलाई आफ्ना वित्तीय डाटामाथि अझ बढी सुविधा, पारदर्शिता र नियन्त्रण दिने सहज बनाउने जनाइएको छ।

ईसेवाले आफ्नो नयाँ एजेन्टिक एआई प्रविधि सार्वजनिक गरेको छ।यसले प्रयोगकर्ताहरूलाई वित्त व्यवस्थापन, यात्रा योजना र आवश्यकता परेमा वास्तविक समयमा एआई सहयोग उपलब्ध गराउने कार्यमा एआईको प्रयोग गरेर अझ स्मार्ट र अत्यधिक व्यक्तिगत अनुभवहरू सिर्जना गर्ने जानकारी दिइएको छ।

एफवान सफ्टले आफ्नो डिजिटल अनबोर्डिङ प्लेटफर्म प्रस्तुत गरेको छ, जसले अप्टिकल क्यारेक्टर रिकग्निशन र फेशियल रिकग्निशन प्रविधिको प्रयोगमार्फत प्रयोगकर्तालाई सहज, छिटो र सुरक्षित अनबोर्डिङ अनुभव प्रदान गर्ने जनाइएको छ।

कार्यक्रममा प्रमुख वक्ता मास्टरकार्ड र जेपी मोर्गनमा वरिष्ठ नेतृत्वका अनुभवी एआइ विशेषज्ञ माइकल क्लार्कले परम्परागत सोचलाई चुनौती दिँदै एउटा स्पष्ट रोडम्याप प्रस्तुत गरे। प्रस्तुतिमा उनले बैंकिङ क्षेत्रमा यसले प्रविधि, नीति र ग्राहक अपेक्षाहरूबीचको अन्तराल पूरा गर्ने ‘बौद्धिक परिवर्तन’ (इन्टेलेक्चुअल ट्रान्सफर्मेसन) को मार्ग देखाए।

सहभागीहरूलाई एफवान सफ्ट, फोनपे र फोनलोनद्वारा विशेष रूपमा तयार गरिएको ‘एक्सपेरिएन्स जोन’ मा सहभागी गराइयो, जहाँ उनीहरूले तिनै कम्पनीका नवप्रवर्तनात्मक उत्पादनहरूको लाइभ डेमो प्रत्यक्ष रूपमा अनुभव गर्न पाएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै एफवान सफ्ट ग्रुपका नयाँ अध्यक्ष सिद्धान्त ठकुरीले बैंकिङको भविष्य डाटा, इन्टेलिजेन्स र समावेशी अभ्यासको संगममा आधारित रहेकोमा जोड दिए। ‘बैंकर्स’ मिटअप २०२५ को मञ्चबाट हामी केवल परिवर्तनको मात्र कुरा गर्दैनौं नेपालको वित्तीय नेतृत्वकर्ताहरूको सहकार्यमा यस परिवर्तनलाई साकार पारिरहेका छौं,’ उनले भने।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal