Skip to content

बलेफी हाइड्रोपावरको सेयर मूल्य पनि नकारात्मक सर्किट

nabil bank

काठमाडौैं । बलेफी हाइड्रोपावरको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

आज यो कम्पनीको सेयर मूल्य २८ रुपैयाँ २९ पैसाले घटेर २५५ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९८ प्रतिशतले कम हो । यस अघि आजको कारोबार जारी रहँदा विन नेपाल लघुवित्तको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको थियो ।

यो समाचार तयारपार्दासम्म समग्र सेयर बजार परिसूचक भने १ दशमलव ३२ अंकले बढेर २६७२ दशमलव ०२ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा १ अर्ब ९२ करोड माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime