Skip to content
Prabhu

आज बजारबाट ३० अर्ब रुपैयाँ उठाउँदै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) बजारबाट ३० अर्ब रुपैयाँ उठाउने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम प्रशोचन गर्न लागेको हो ।

पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट रकम उठाउँदै आइरहेको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गरेर उक्त रकम उठाउने भएको हो ।

global
अर्घाखाँची सिमेन्ट

उक्त रकम बोलकबोलमार्फत बैंकहरुबाट उठाउने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले बुधबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

उक्त रकमको साँवा र ब्याज भुक्तानी २०८२ साल वैशाख २१ गते हुने छ । ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal