काठमाडौं । आज २०८१ सालको अन्तिम दिन हो । यो वर्षको अन्तिम दिन पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार नेपाली बजारमा सुनको मूल्य १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्