काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा के्रस्ट माइक्रो लाइफ इन्स्योरेन्समा पनि सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ३३ रुपैयाँ २० पैसाले बढेर सकारात्मक सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य ३६५ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.९८ प्रतिशतले बढी हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि ० दशमलव ८१ अंकले बढेर २६६१ दशमलव ५१ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ९८ करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्