Skip to content
Prabhu

बीमा प्राधिकरणका अध्यक्ष ओझाविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौं । नेपाल बीमा प्राधिकारणका अध्यक्ष शरद ओझाविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतले हेर्न नमिल्नेमा राखेको छ । आजका लागि पेसी तोकिएको रिटमा न्यायाधीश विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले हेर्न नमिल्नेमा राखेको हो ।

अब यो मुद्दाका लागि अर्को पेसी तोकिनेछ । गत चैत २० गते सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अध्यक्ष ओझाविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । सुवेदीको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्नुका साथै दुवै पक्षलाई छलफलमा डाकेको थियो ।

global
अर्घाखाँची सिमेन्ट

बीमा प्राधिकरणको अध्यक्ष बन्न नक्कली कार्यानुभवको प्रमाणपत्र पेस गरेको भन्दै ओझाविरुद्ध अधिवक्ता इन्दिरा धमलाले गत चैत १७ गते रिट दायर गरेकी थिइन् ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal