Skip to content
Prabhu

यो वर्षको अन्तिम कारोबारमा सेयर बजार एकल अंकले घट्यो, कारोबार रकम ६ अर्ब बढी

काठमाडौं । आज २०८१ सालको अन्तिम दिन हो । सेयर बजार कारोबार हुने पनि यो २०८१ को अन्तिम कारोबार दिन हो । सेयर बजार कारोबार हुने यो वर्षको अन्तिम दिन सेयर बजार एकल अंकले घटेर बन्द भएको छ ।

आज सेयर बजार परिसूचक ८ दशमलव ६२ अंकले घटेर २६६२ दशमलव ०८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको सेयर मूल्य भने घटेर कारोबार भएको छ । त्यस्तै, १ कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ० दशमलव ४० अंकले बढेर ४४६ दशमलव ४४ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ४ वटाको सेयर मूल्य बढेको छ भने बाँकी ९ वटा उपसूचकको सेयर मूल्य भने घटेको छ ।

यो वर्षको अन्तिम कारोबार दिन सेयर बजारमा ६ अर्ब २८ करोड २ लाख ९६ हजार २४५ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३२२ कम्पनीका १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर ५४ हजार ३६१ पटक खरिद बिक्री गर्दा उक्त रकम बराबरको कारोबार भएको छ ।

आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने २ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal