Skip to content
Prabhu

सेयर बजार घटेको दिन ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, दुई लघु बीमा कम्पनी

काठमाडौं । आइतबार सेयर बजार परिसूचक घटेर बन्द भयो । सेयर बजार घटेर कारोबार बन्द हुँदा तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमध्ये दुईवटा लघु बीमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज एउटा निर्जीवन लघु र एउटा जीवन लघु बीमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । त्यस्तै गुडविल फाइनान्स लिमिटेड डिबेन्चरको सेयर मूल्यमा पनि आज सकारात्मक सर्किट लागेको छ ।

global
अर्घाखाँची सिमेन्ट

आज गुडविल फाइनान्स डिबेन्चरको सेयर मूल्य १२१ रुपैयाँ ५० पैसाले बढेर १ हजार ३३६ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा १० प्रतिशतले धेरै हो । आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको हो ।

आज नेपाल माइक्रोको सेयर मूल्य ४० रुपैयाँ २० पैसाले बढेर ४४२ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । त्यस्तै आज क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य पनि ९.९८ प्रतिशत अर्थात् ३३ रुपैयाँ २० रुपैयाँले बढेर ३६५ रुपैयाँ ९० पैसा पुगेको छ ।

त्यस्तै आज धेरै मूल्य बढ्ने कम्पनीमा त्रिशूली जलविद्युत कम्पनी र एनआईबीएल स्टेबल फण्ड रहेका छन् । आज त्रिशूली जलविद्युत कम्पनीको सेयर मूल्य ३२ रुपैयाँ २० पैसाले बढेर ५५२ रुपैयाँ ७० पैसा पुगेको छ ।

यो अघिल्लो दिनको भन्दा ६.३० प्रतिशतले धेरै हो । आज एनआईबीएल स्टेबल फण्डको सेयर मूल्य ०.४४ रुपैयाँले बढेर ८ रुपैयाँ ८७ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबार दिन भन्दा ५.२२ प्रतिशतले धेरै हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal