काठमाडौं । यो वर्षको अन्तिम कारोबार दिनमा सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज विन नेपाल लघुवित्त र बलेफी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लोगको हो ।
आज विन नेपाल लघुवित्तको सेयर मूल्य ३४७ रुपैयाँ ४२ पैसाले घटेर ३ हजार १२६ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा १० प्रतिशतले कम हो ।
त्यस्तै आज बेलफी हाइड्रोको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात् २८ रुपैयाँ २९ पैसाले घटेर २५५ रुपैयाँ २० पैसा पुगेको छ । त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा सिन्धु विकास बैंक, गार्डियन माइक्रो लाइफ र न्यादी हाइड्रोपावर छन् ।
आज सिन्धु विकास बैंकको सेयर मूल्य १०९ रुपैयाँ ०२ पैसाले घटेर १ हजार ९१ रुपैयाँ ७८ पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.०८ प्रतिशतले कम हो । आज गार्डियन माइक्रो लाइफको सेयर मूल्य पनि ४.७१ प्रतिशत अर्थात् १२२ रुपैयाँ ४९ पैसाले घटेर २ हजार ४७६ रुपैयाँ ७५ पैसा पुगेको छ । आज न्यादी हाइड्रोपावरको सेयर मूल्य पनि २७ रुपैयाँ ८६ पैसाले घटेर ५७० रुपैयाँ ७२ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.६५ प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस्