Skip to content
Prabhu

अन्तिम र पहिलो कारोबार दिन घटेको नेप्से एक वर्षमा ६३८ अंकले बढ्यो

काठमाडौं । आज चैत ३१ गते अर्थात् नेपाली पात्रोअनुसार आज यो वर्षको अन्तिम दिन । आजदेखि २०८१ सालले बिदा लिँदै छ । भोलिदेखि नेपालीहरुको नयाँ वर्ष २०८२ सुरु हुँदैछ । आज यो वर्षको अन्तिम सेयर कारोबार भयो ।

यो वर्षको अन्तिम कारोबार दिन सेयर बजार घटेर कारोबार भयो । यो वर्षको पहिलो कारोबार दिन वैशाख २ गते पनि सेयर बजार घटेरै कारोबार भएको थियो । यो एक वर्षको अवधिमा सेयर बजारमा निकै उतारचढाब आयो । साउन महिनामा सेयर बजारले ३००० हजार विन्दु पार गर्यो । त्यो समयमा कारोबार रकममा पनि उच्च रेकर्ड कायम भएको थियो ।

global
अर्घाखाँची सिमेन्ट

२०८१ सालको पहिलो कारोबार दिन वैशाख २ गते सेयर बजार परिसूचक २ दशमलव ३५ अंकले घटेर कारोबार बन्द भएको थियो । त्यो दिन देखि आज (चैत ३१ गते) सम्मको अवधिमा सेयर बजार ६३८ दशमलव ८५ अंकले बढेको छ । वैशाख २ गते २०२३ दशमलव ३५ विन्दुमा बन्द भएको सेयर बजार चैत ३१ गते २६६२ दशमलव ०८ विन्दुमा पुगेर यो वर्षलाई बिदाइ गरेको छ ।

एक वर्षको अवधिमा सेयर बजारमा कारोबार रकममा पनि ३ अर्बभन्दा बढीले वृद्धि भएको छ । वैशाख २ गते ३ अर्ब ६ करोड ३७ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको बजारमा चैत ३१ गते ६ अर्ब २८ करोड २ लाख ९६ हजार २४५ रुपैयाँ ०३ पैसाको कारोबार भएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal