Skip to content
Prabhu

बीमा क्षेत्रलाई फर्केर हेर्दा: अन्तिम समयमा अध्यक्ष निलम्बन, आफैंले क्षति गरेर दाबी माग्नेहरु प्रहरी फन्दामा

काठमाडौं । बीमा उद्योगले २०८१ सालमा विभिन्न उतारचढावहरु व्यहोर्नु परो । दशैँको मुखैमा आएको बाढी पहिरोको दाबी भुक्तानीमा परेको असरले निर्जीवन बीमा कम्पनीको ब्यालेन्स सिटमा नै असर पर्न गयो । यो वर्ष नै बीमा प्राधिकरणका तत्काली अध्यक्ष सूर्य सिलवाल निलम्बनमा परे । त्यस्तै पोखरामा आफ्नो पसलमा आफैले आगो लगाएर क्षति पुर्याई बीमा दाबी गरेको आरोपमा सञ्चालक पक्राउ परे ।

यो वर्षको आज अन्तिम दिन बीमा क्षेत्रमा भएका विभिन्न घटनाहरुलाई हामीले यहाँ समावेश गरेर चर्चा गरेका छौं । कार्यकाल सकिन ५४ दिन मात्रै बाँकी रहेको अवधिमा बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलावाल कीर्ते र भ्रष्टाचार मुद्दामा निलम्बनमा परे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर महिनामा विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनी स्वत निलम्बनमा परेका थिए । उक्त मद्दामा सिलवाले फागुन १८ गते विशेष अदालतबाट सफाइ पाए ।

global
अर्घाखाँची सिमेन्ट

सिलवाल निलम्बनमा परेपछि केही समय बीमा प्राधिकरणको नेतृत्वमा अर्थमन्त्रालका सह सचित मदन दाहाल बीमा प्राधिकरणमा आएर काम गरे । यो वर्ष नै बीमा प्राधिकरणको अध्यक्षमा सरकारल शरद ओझालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले ओझालाई फागनु १२ गते प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । ओझा बीमा प्राधिकरणको इतिहासमै सबै भन्दा कान्छा अध्यक्ष बन्ने अवसर पाए ।

प्राधिकरणको अध्यक्षमा नियुक्त भएको केही सिमयमा नै ओझाका विरुद्धमा मुद्दा प¥यो । नक्कली कार्यानुभवको प्रमाणपत्र पेस गरि नियुक्ति लिएको भन्दै उनको विरुद्धमा मुद्दा परेको हो । अहिले उनको उक्त मुद्दा सर्वोच्चमा विचाराधिन छ । आजका लागि पेसी तोकिए पनि उक्त मुद्दालाई हेर्न नमिल्नेमा राखिएको छ ।

आफैंले आगो लगाइ बीमा दाबी माग्ने प्रहरी फन्दामा

२०८१ सालमा बीमा दाबीको रकमको लोभमा आफ्नै पसलमा आगो लगाइ क्षति पु¥याउनेहरु प्रहरी फन्दामा परेका छन् । २०८१ लाख फेर्केर हेर्दा यो वर्ष बीमा क्षेत्रका लागि यी घटनालाई पनि विर्सन सकिदैन् । फागुन ११ गते पोखराको न्यूरोडमा रहेको शर्मा आइटि हबमा आगजनी भयो ।

उक्त पसल खोलेको १ महिना पछि बीमा गराएर त्यसको एक महिना पछि बीमा दाबी पाउनका लागि सञ्चालक आफैंले आगजनी गरेको पाइएको थियो । त्यस्तै साउन १६ गते पनि पोखराकै लेकसाइडमा रहेको मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भयो । उक्त आगलागीमा पनि शंका गरि अनुसन्धान गर्दा आफैले बीमा दाबीको रकम पाउनका लागि आगो लगाएको पाइएको प्रहरीले जनाएको छ ।

बीमा प्राधिकरणमा कर्मचारीको बढुवा

यो वर्ष बीमा प्राधिकरणका कर्मचारीहरुको बढुवा पनि भयो । लामो समयदेखि खाली रहेको बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी नियुक्त भए । उनलाई पदपूर्ति समितिले चैत १ गते कार्यकारी निर्देशकमा बढुवा गरेको थियो । उनको कार्यकाल ५ वर्षको हुने छ । गत फागुन २ गते पदपूर्ति समितिकै सिफारिसमा कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिमबापत प्राप्त गरेको कुल अंकका आधार सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारलाई निर्देशक पदमा नियुक्तिका लागि ४ जना सिफारिस गर्यो । निर्देशकमा बढुवा हुनेमा उपनिर्देशक ध्रुव तिमिल्सिना, कुन्दन सापकोट, शाम्भराज लामिछाने र निर्मल अधिकारी छन्।

त्यसैगरी फागुन ३ गते पदपूर्ति समितिको सिफारिसमा उपनिर्देशक पदमा बढुवाका लागि ५ जनाको नाम सिफारिस गर्यो। बढुवा हुनेमा सहायक निर्देशक सबिता थापा, रन्जिता केसी, शम्भुप्रसाद मिश्र, जमुना अर्याल (आचार्य) र केदार भट्ट छन् ।

महिला सञ्चालकको राधा पोखरेल नियुक्त

बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त भइन् । मन्त्रिपरिषदको बैठकले गत चैत १ गतेदेखि लागू हुने गरी पोखरेललाई ४ वर्षका लागि प्राधिकरणको महिला सञ्चालकमा नियुक्त गरेको थियो । मन्त्रालयले बीमा ऐन, २०७९ को दफा ७ को प्रावधानबमोजिम पोरखेलको नियुक्तिको निर्णय गरेको जनाए पनि ऐनले अर्थमन्त्रीलाई नियुक्तिको अधिकार नै दिएको छैन । यो अधिकार पूर्ण रुपमा नेपाल सरकार अर्थात् मन्त्रिपरिषदमा मात्र निहित छ । पोखरेलको योग्यता सम्बन्धमा आवाज उठिरहेको छ ।

पूर्वअध्यक्ष काफ्लेको निधन

बीमा प्राधिकरणका पूर्वअध्यक्ष डा प्रफुल्लकुमार काफ्लेको गत चैत २४ गते निधन भयो । उनी प्राधिकरणमा २०५८ साल वैशाख १० गतेदेखि २०५९ साल साउन २७ गतेसम्म अध्यक्ष थिए ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal