काठमाडौं । नेपाली नयाँ वर्षको सुरुवातसँगै भक्तपुरमा नयाँ रिसोर्ट सञ्चालनमा आउने भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घले तथा नेपाली होटल व्यवसायी अमृतरत्न शाक्यको लगानीमा भक्तपुरको गुन्डुमा स्वनिगः रिसोर्टको शिलान्यास गरिएको हो ।
उक्त रिसोर्ट निर्माणका लागि ७ देखि ८ अर्ब लागत लाग्ने व्यवसायी शाक्यले जानकारी दिए । गुन्डुस्थित पाइलट बाबा आश्रमसँगै रहेको १०० रोपनी जग्गामा उक्त रिसोर्ट निर्माण हुनेछ । रिसोर्ट आज सोमबार नयाँ वर्षका दिन शिलान्यास गरिएको छ । व्यवसायी घले र शाक्यको ५०/५० प्रतिशत लगानी हुने रिसोर्टमा ६० वटा भिल्ला निर्माण हुनेछ । लगानीकर्ताद्वयले सन् २०२७ नोभेम्बरभित्र रिसोर्ट निर्माण पूरा हुने अपेक्षा गरेका छन् ।
रिसोर्ट इम्प्लिमेन्टिङ एक्स्पट्र्स ग्रुप (आईआईजी) ले एसएन्डजेजी होल्डिङ्स (अस्ट्रेलिया) सँगको संयुक्त लगानीमा निर्माण हुन लागेको हो । आईईजीको प्रतिनिधित्व अमृतरत्न शाक्य र सुवर्णकृष्ण श्रेष्ठले गरेका छन् भने एसएन्डजेजी एफडीआई कम्पनी हो । यसको नेतृत्व शेष घले र जुमना घलेले गर्छन् ।
उक्त अबसरमा लगानीकर्ता शाक्यले स्थानीयको जीवनस्तर उकास्नका लागि यस्ता आयोजनाहरु आवश्यक रहेको बताएका छन् । त्यस्तै घलेले लामो समयसम्म यहाँ सेवा दिने गरि यो रिसोर्ट बनाउन लागेको भन्दै यसले समग्र पर्यटन व्यवसाय र त्यहाँको अािर्थक अवस्थामा सुधार ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्