काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आफ्नो हकप्रद सेयर बाँडफाँड प्रक्रिया सम्पन्न गरेको छ। फागुन ८ गतेदेखि सुरु भई चैत १४ गतेसम्म म्याद थप गरिएको हकप्रद सेयर वितरण अन्ततः चैत ३१ गते सम्पन्न भएको हो ।
उक्त कम्पनीले हकप्रद निष्कासन प्रयोजनार्थ माघ १८ गते बुक क्लोज गरेकाले १७ गतेसम्म कायम भई रीतपूर्वक आवेदन दिएका सबै सेयरधनीहरूले माग गरेबमोजिम हकप्रद सेयर हात पारेका छन्। प्रतिकित्ता १ सय रुपैयाँका दरले बिक्री खुला गरिएको यो हकप्रद ४८ लाख ५ हजार ६४०।२० कित्ता बाँडफाँडमा परेको छ।
यसरी बाँडफाँडमा नपरेको २ लाख २५ हजार २६१.३५ कित्ता अब कम्पनीले लिलाम प्रक्रियामार्फत बिक्रीमा ल्याउनेछ। साथै बाँडफाँडमा नपरेकाहरूको रकम भोलि वैशाख ३ गतेदेखि फिर्ता गरिने कम्पनीले जनाएको छ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया दिनुहोस्