काठमाडौं । नयाँ वर्ष २०८२ को पहिलो कारोबार दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १६ दशमलव ४३ अंकले बढेर कारोबार भएको हो ।
आजको प्रि ओपन सेसन पछि नेप्से परिसूचक २६७८ दशमलव ५१ विन्दुमा पुगेको छ । आज उक्त सेसनमा ३६ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ४४ अंकले बढेर ४५० दशमलव ८९ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ५६ कम्पनीका ५० हजार ७५८ कित्ता सेयर ९८ पटक खरिद बिक्री हुँदा २ करोड ९८ लाख ७८ हजार ४२१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्