काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ९६० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्