Skip to content
Prabhu

क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबारको सेयर कारोबार खुलेको १५ मिनेटमा नै क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अघिल्ला कारोबार दिनमा पनि सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको यो कम्पनीमा आज पनि सर्किट लागेको हो ।

मंगलबार यो कम्पनीको सेयर मूल्य ३६ रुपैयाँ ५० पैसाले बढेर ४०२ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.९८ प्रतिशतले धेरै हो । यो अवधिमा समग्र सेयर बजार परिसूचक पनि १० दशमलव ६५ अंकले बढेर २६७१ दशमलव ७३ विन्दुमा पुगेको छ ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal