Skip to content
Prabhu

युरोपेली संघबाट प्यालेस्टिनी जनताका लागि नयाँ आर्थिक सहायता घोषणा

लक्जेम्बर्ग । युरोपेली संघले सोमबार प्यालेस्टिनी जनतालाई सहयोग गर्न १ अर्ब ६० करोड युरो बराबरको नयाँ आर्थिक सहायता घोषणा गरेको छ । यो सहयोग तीन वर्षको अवधिमा दिइनेछ ।

यो घोषणा प्यालेस्टिनी प्रधानमन्त्री मोहम्मद मुस्तफा र युरोपेली विदेश मन्त्रीहरूबीचको बैठकको अघिल्लो दिन गरिएको हो ।

global
अर्घाखाँची सिमेन्ट

‘हामी प्यालेस्टिनी जनताको साथमा छौँ । यो सहयोगले सन् २०२७ सम्म पश्चिमी किनारा र गाजाको अवस्था सुधार गर्न मद्दत गर्नेछ,’ युरोपेली संघको विदेश नीति प्रमुख काया कालासले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।

गाजामा युद्ध फेरि सुरु भएपछि युरोपेली संघले प्यालेस्टिनी प्रशासनलाई सहयोग बढाउने निर्णय गरेको हो । यस सहयोगअन्तर्गत, प्यालेस्टिनी प्रशासनलाई सिधै ६२ करोड युरो बराबरको अनुदान दिइनेछ । यो सहयोगले शासन प्रणाली सुधार, आर्थिक विकास, पूर्वाधार निर्माण जस्ता काममा सहयोग पुर्याउनेछ ।

अर्कोतर्फ, ४० करोड युरो बराबरको ऋण पनि युरोपेली लगानी बैंकमार्फत उपलब्ध गराइनेछ । यो नयाँ सहयोग अघिल्लो सन् २०२१ देखि २०२४ सम्मको एक अर्ब ३६ करोड युरो बराबरको सहयोग योजनाको निरन्तरता हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal