Skip to content
Prabhu

चैत १५ गतेको हुलदंगा : निर्जीवन बीमा कम्पनीमा ५ करोडको बीमा दाबी, ४ लाख ९८ हजारको भुक्तानी

काठमाडौं । काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको आन्दोलनका क्रममा भएको क्षतिको बीमा कम्पनीहरुले ५ करोडभन्दा बढी भुक्तानी दिनुपर्ने भएको छ । उक्त हुलदंगाका क्रममा बीमा गराएका संरचनामा भएको क्षतिको ५ करोड ४९ हजार ४२१ रुपैयाँ ६१ पैसा बराबरको दाबी परेको हो ।

उक्त हुलदंगाका ५० वटा दाबीमा बीमा कम्पनीहरुले उक्त रकम भुक्तानी गर्नु पर्ने भएको हो । तर, हालसम्म बीमा कम्पनीले ४ लाख ९८ हजार ३१२ रुपैयाँ ६१ पैसाको मात्रै दाबी भुक्तानी दिएका छन् । ५० वटा दाबीमध्ये बीमा कम्पनीले ५ वटाको भुक्तानी गरेका छन् । उक्त पाँचवटै दाबी भुक्तानी गर्ने शिखर इन्स्योरेन्स कम्पनी हो । यो कम्पनीले दाबी परेको १० दिनभित्रै उक्त रकम भुक्तानी दिएको थियो।

global
अर्घाखाँची सिमेन्ट

उक्त हुलदंगाबाट भएको क्षतिको संख्याको हिसावले सबैभन्दा धेरै दाबी नेसनल इन्स्योरेन्स कम्पनीमा परेको थियो । यो कम्पनीमा ११ वटा दाबी परेको प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । रकमका हिसावले सबैभन्दा धेरै दाबी भने सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा परेको छ ।

नेसनल इन्स्योरेन्सले ११ वटा दाबीको २० लाख ७५ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने छ भने राष्ट्रिय बीमा कम्पनीमा २ वटा दाबीको १२ करोड ७० लाख रुपैयाँको दाबी परेको छ ।

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ९ वटा दाबीको १ करोड १७ लाख ९५ हजार रुपैयाँको दाबी भुक्तानी गर्नुपर्ने छ । त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले पनि ७ वटा दाबीको ७५ हजार ४९ हजार ४१३ रुपैयाँ, नेको इन्स्योरेन्सले ४ वटा दाबीको ५२ लाख, दि ओरिएन्टल इन्स्योरेन्सले १ वटा दाबीको ४७ लाख ५० हजार र हिमायलन एभरेष्ट इन्स्योरेन्सले २ वटा दाबीको २२ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने छ ।

त्यस्तै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका ६ वटा दाबीबाट १७ लाख ६० हजार रुपैयाँ सानिमा जिआईसी इन्स्योरेन्सले १ वटा दाबीको ६ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले १ वटा दाबीको ५० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने छ ।

यो अवधिमा शिखर इन्स्योरेन्समा ५ वटा दाबीको ४ लाख ९८ हजार २१३ रुपैयाँ ६१ पैसाको दाबी परेको छ । यो कम्पनीले आफ्नो दायित्वमा परेको सबै भुक्तानी दाबी गरिसकेको छ ।

बीमा लेखका आधारमा सबै भन्दा धेरै मोटरमा

उक्त घटनामा सबैभन्दा धेरै दाबी बीमालेखका आधारमा मोटर बीमामा परेको छ । निजी मोटरमा २२ वटा दाबी परेको छ भने सार्वजनिक मोटरमा २ वटा दाबी परेको छ । निजी मोटरतर्फ बीमा कम्पनीहरुमा १ करोड ६ लाख ४५ हजार ६७७ रुपैयाँको दाबी परेको छ भने सार्वजनिकमा २७ लाख ५० हजार रुपैयाँको दाबी परेको छ । मोटर पछि सबै भन्दा धेरै दाबी सम्पत्ति बीमामा परेको छ ।

सम्पत्ति बीमालेखमा कुल २१ वटा दाबी परेको छ । जस बापत कम्पनीहरुले ३ करोड १९ लाख ५२ हजार ६१४ रुपैयाँ दाबी परेको छ । सम्पत्ति बीमामा कम्पनीहरुले ४ लाख ५३ हजार २०१ रुपैयाँ ११ पैसा र मोटर (निजी) बीमालेखमा ४३ हजार ८८२ रुपैयाँ ५० पैसाको भुक्तानी गरिसकेका छन् ।

त्यस्तै इजिनियरिङ्ग तथा ठेकेदार जोखिम बीमालेखमा ३ वटा दाबी परेका छन् । यो शीर्षकमा बीमा कम्पनीहरुले ३७ लाख रुपैयाँ भुक्तानी गर्नु पर्ने छ । त्यस्तै विविध शिर्षकमा २ वटा दाबीबाट १० लाख १ हजार १३० रुपैयाँको दाबी परेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal