काठमाडौं । मंगलबारको सेयर कारोबार जारी रहँदा एनआइबीएल स्टेबल फण्डको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा नकारात्मक सर्किट लाग्ने यो दोस्रो कम्पनी हो ।
यो कम्पनीको सेयर मूल्य ०.८९ रुपैयाँले घटेर ७ रुपैयाँ ९८ पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले कम हो । यस अघि बलेफी हाइड्रोपावरको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको थियो ।
यो अवस्थामा समग्र सेयर बजार परिसूच भने ३५ दशमलव ४५ अंकले बढेर २६९७ दशमलव ५३ विन्दुमा पुगेको छ । यो अवधिसम्ममा सेयर बजारमा ४ अर्ब भन्दा माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्