काठमाडौं । एनआईसी एसिया बैंकले नयाँ वर्ष २०८२ को अवसरमा मोबाइल बैंकिङ सेवा प्रदायक एफवानसफ्टसँगको सहकार्यमा ग्राहकरुका लागि आकर्षक योजनासहितको ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आईफोन १६ योजना घोषणा गरेको छ ।
यस योजनामा सहभागी हुने ग्राहकहरुले आईफोन १६ जित्न सक्नेछन् । बैंकका अनुसार सो योजनामा सहभागी हुनका लागि ग्राहकले बैंकको मोबाइल बैंकिङ एपमार्फत सय रुपैयाँ वा सोभन्दा बढीको मोबाइल टपअप गर्नुपर्ने छ ।
योजना अवधि समाप्त भएपछि योजनामा सहभागी हुने ग्राहकमध्येबाट गोलाप्रथाद्वारा एक जना भाग्यशाली ग्राहकलाई विजेता घोषणा गर्दै आईफोन १६ प्रदान गरिने बैंकले जनाएको छ । योजना वैशाख १ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ।
प्रतिक्रिया दिनुहोस्