काठमाडौ । आज साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ । साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।
बैठकमा आन्दोलनरत शिक्षक र चिकित्सकसँग सम्बन्धित मागहरूका साथै रिक्त रहेको राष्ट्र बैंकको गभर्नर पदमा नियुक्तिको विषयमा गम्भीर छलफल हुने स्रोतले जनाएका छन् । बैठक बालुवाटारमा बस्नेछ ।
बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बालुवाटारमै भेटवार्ता गरेका छन् । आजको बैठकबाट सरकारले नयाँ गभर्नर नियुक्त गर्छ सम्भावना पनि रहेको छ । महाप्रसाद अधिकारी चैत २४ गतेदेखि आफ्नो कार्यकाल सकेर विदाभएसँगै अहिले गभर्नर पद रिक्त रहेको छ । कामु गभर्नरको जिम्मेवारी निलम ढुंगानालाई दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्